काठमाडौँ-नेकपा (एमाले)ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरेको छ।
एमाले संसदीय दलका नेता राम बहादुर थापा मगरले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम महरलाई शुक्रबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी सुम्पिएका हुन्।
महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
संसदीय दलको नेताद्वारा जारी पत्रमा महरले प्रमुख सचेतकको रूपमा आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
एमालेले यस मनोनयनबारे सङ्घीय संसद सचिवालयलाई समेत जानकारी गराइसकेको छ।









प्रतिक्रिया