अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस संसदीय दलको नेता चयनका लागि बोलाइयो बैठक

कांग्रेस संसदीय दलको नेता चयनका लागि बोलाइयो बैठक


नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ। बैठक वैशाख १४ गते सोमबार ११ बजेका लागि बोलाइएको हो।

कार्यसम्पादन समितिको बैठकलगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ।

उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको  छ। 

निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए । बैठकमा संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव प्रस्तुत गर्ने तयारी छ।

बैठकलगत्तै भोलि दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले नेताको चयनसम्बन्धी प्रक्रिया अघि बढाउने कार्यसूची तय रसाइलीले बताए।