काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता नवीकरणको म्याद २०८३ जेठ मसान्तसम्म थप गरेको छ। बढाएको छ। २०८२ चैतभित्र सक्नुपर्ने नवीकरण प्रतिनिधि सभाको चुनावको कारण नसकिएको भन्दै अब २०८३ जेठ मसान्तसम्म नवीकरण गर्ने समय तोकिएको हो।
प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय/परामर्श वैठकले सो निर्णय गरेको भन्दै महासचिव शंकर पोखरेलले निर्णय कार्यान्वयनका लागि भन्दै तल्लो तहमा निर्देशन प्रस्ताव पठाएका छन्।
एमालेले पार्टी सदस्य र पार्टी संगठित सदस्य गरी दुई प्रकारका सदस्य हुने व्यवस्था गरेको छ। सोही अनुसार दुवै प्रयोजनको लागि अनलाइन फर्म निर्माण गरिएको छ।
‘पार्टी सदस्यता नवीकरण र वितरणको कार्यलाई जेठ मसान्तको समय अवधि कायम गरी अनलाइन प्रविधिको माध्यमबाट भौतिक उपस्थितिमा नवीकरण गर्ने गरी प्रक्रिया अगाडि बढाउने,’ निर्णयमा भनिएको छ।
पार्टीको दोस्रो विधान महाधिवेशन र एघारौं राष्ट्रिय महाधिवेशन–२०८२ ले पारित गरेको विधानअनुसार सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था छ।
पत्रमा पार्टी सदस्य (धारा–४) र संगठित सदस्य (धारा–५) दुवैको योग्यता र नवीकरण प्रक्रियाबारे स्पष्ट उल्लेख गरिएको छ।







प्रतिक्रिया