काठमाडौँ-नेपाली कांग्रेसले सांसदसमेत रहेका पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई संसदीय दल नेता बनाउने भएको छ। चरणबद्ध छलफलपछि आङ्देम्बेको नाममा सहमति जुटेको हो।
उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले संसदीय दल नेता आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध रूपमा गरेको छलफलपछि आङ्दम्बेलाई संसदीय दल नेताका रूपमा प्रस्ताव गर्न सभापति गगन थापालाई नाम दिएका छन्।
पूर्वसहमहामन्त्री अर्जननरसिंह केसीले दलको नेताको दाबी छाडेपछि आङ्देम्बेको नाममा सर्वसम्मित भएको एक एक नेताले बताए।
केसीका साथै सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दलको नेतामा दाबी गरेका थिए।
आङदेम्बेलाई पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन्। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले आङदेम्बेका नाम सर्वसम्मतका लागि पेश गर्नेछन्।







प्रतिक्रिया