अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा विपक्षी दलको बैठक जारी

सिंहदरबारमा विपक्षी दलको बैठक जारी


काठमाडौं-सरकारले संसद् छलेर अध्यादेश ल्याउने निर्णय गरेपछि विपक्षी दलका नेताहरु छलफलमा जुटेका हुन्। आज नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका हुन्।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यषतामा बसिरहेको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सरस्वती तामाङलगायत सांसद सहभागी छन्। बैठकमा श्रम संकृति पार्टीका सांसद भने सहभागी भएका छैनन्। 

बैठकमा पछिल्लो राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे छलफल भइरहेको जनाएको छ। सरकारले संसदलाई छलेर संवैधानिक परिषद् र सहकारी समस्यासँग सम्बन्धित विधेयक ल्याएपछि त्यसको विरोध र प्रतिवाद गर्न विपक्षी दलहरू एकजुट भएका हुन्। 

बैठकमा सरकारले संसद्को क्षेत्राधिकार मिचेको तथा लोकतान्त्रिक मूल्य-मान्यताविपरीत गतिविधि बढाएको विषयमा समीक्षा भइरहेको जनाएके छ। बैठकमा सहभागी नेताहरूका अनुसार सुकुम्बासी बस्ती हटाउने लगायतका सरकारका पछिल्ला कदमको विरोध गर्ने र जनसरोकारका मुद्दामा एकतावद्ध भएर अघि बढ्ने योजना तय गरिने भएको छ।