नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ। चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको हो।
सोमबार ललितपुरको ग्वार्खोस्थित होटल टुलिपमा महासंघको ६०औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो । चुनाव मंगलबार बिहानदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ।
महासंघको भावी नेतृत्वका लागि व्यवसायीहरू दुई प्यानलमा छन् । महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको एउटा प्यानल बनेको छ भने ६०औँ साधारणसभाबाट स्वत: अध्यक्ष बन्न लागेका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठको अर्को चुनावी प्यानल बनेको छ। महासंघको यसपटकको निर्वाचन ढकाल प्यानल र श्रेष्ठ प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।







प्रतिक्रिया