काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
मंगलबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
यसअघि राष्ट्रपति पौडेलले पुनर्विचारका लागि पठाएका थिए। पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गरेका थिए। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्रै रोकिएको थियो।
सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गरेका छन्।








प्रतिक्रिया