काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।
सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेकोमा आज मंगलबार पनि बैठक बस्न लागेको हो। आज बस्ने बैठकले केही महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ।
बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको एक स्रोतले बताए।
आजै राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि सरकारले सिफारिस गरेको आठौँ अध्यादेश जारी गरेका थिए । संवैधानिक परिषद्सम्बन्धीसहित सबै आठै वटा अध्यादेश जारी भएसँगै अब संसद अधिवेशन बोलाउने तयारीमा सरकार छ ।







प्रतिक्रिया