अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासंघ एसोसियट सदस्यमा सचिन ढकाललाई सर्वाधिक मत, कसको कति ?

महासंघ एसोसियट सदस्यमा सचिन ढकाललाई सर्वाधिक मत, कसको कति ?


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्य निर्वाचनमा सचिन ढकालले सर्वाधिक मत प्राप्त गरेका छन्। एसोसिएट तर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा ढकालले सबैभन्दा धेरै १३ सय १८ प्राप्त गरेका छन्। 

महासंघको एसोसियट सदस्यमा निर्वाचित हुने उनी सबैभन्दा कम उमेरका उद्यमी हुन्। 

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा हुन् सचिन ढकाल। उनी आइएमई ग्रुपसँग आवद्ध छन्।

फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय पनि आवद्ध छन्। ढकालको व्यवस्थापनमा बाग्लुङमा इला कम्फर्ट होटल सन्चालनमा छ। 

उनी पछि हेमन्त गोल्छाले १२ सय २ मत प्राप्त गरेका छन्। अम्बिकाप्रसाद पौडेलले ११९३ मत, उज्ज्वलकुमार श्रेष्ठले ११५६ मत, शक्तिकुमार बेगानीले ११४२ मत, ऋषि अग्रवालले ११२२ मत, सुशील थापाले १०९४ मत प्राप्त गरेका हुन् ।

यस्तै, राजेशकुमार अग्रवालले १०८२ मत पाएका छन् । सुयस प्याकुरेलले १०६९ मत, रामशरण भण्डारीले १०४३ मत, बाबुकाजी कार्कीले १००६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९८४ मत, शिवराज रेग्मीले ९५४ मत, ईश्वरबहादुर जिसीले ९४९ मत, सुरज उप्रेती ९०७ मत, बबु लामिछानेले ८६० मत प्राप्त गरेका छन् ।

महासंघको एसोसिएटतर्फको यो निर्वाचनमा निजी क्षेत्रका विभिन्न व्यवसायीहरूको प्रतिस्पर्धा रहेको थियो। विजयी सदस्यहरूले आगामी कार्यकालमा महासंघभित्र एसोसिएट क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।

एसोसियट सदस्यको लागि ३४ जनाले उम्मेदवारी दिएका थिए।

एसोसिएट सदस्यमा कसको कति मत ?
१. सचिन ढकाल – १३१८ मत
२. हेमन्त गोल्छा – १२०२ मत
३. अम्बिका प्रसाद पौडेल – ११८३ मत
४. उज्ज्वल कुमार श्रेष्ठ – ११४६ मत
५. शक्ति कुमार बेगानी – ११४२ मत
६. ऋषि अग्रवाल – ११२२ मत
७. राजेश कुमार अग्रवाल – १०८२ मत
८. सुयस प्याकुरेल – १०६९ मत
९. सुशील थापा – १०५४ मत
१०. रामशरण भण्डारी – १०४३ मत
११. बाबु काजी कार्की – १००६ मत
१२. दिवश न्यौपाने – ९९१ मत
१३. प्रियराज रेग्मी – ९५४ मत
१४. इश्वर बहादुर जि.सी. – ९४५ मत
१५. सुरज उप्रेती – ९०७ मत
१६. कृष्ण लाल महर्जन – ८७४ मत
१७. बटु लामिछाने – ८६० मत