अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योग वाणिज्य महासंघको अध्यक्ष बने अञ्जन श्रेष्ठ

उद्योग वाणिज्य महासंघको अध्यक्ष बने अञ्जन श्रेष्ठ


काठमाडौं-लक्ष्मी समूहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को २१औं अध्यक्ष बनेका छन्। वैशाख २२ गते मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा महासंघको ६०औं वार्षिक साधारण सभा सम्पन्न भएसँगै श्रेष्ठ महासंघको २१औं अध्यक्ष बनेका हुन्।

यससँगै, ढकालको ३ वर्षे कार्यकाल सकिएको छ। महासंघमा हालसम्म ३ वर्षको कार्यकाल व्यवस्था रहेको थियो। यसपटक भने महासंघको नेतृत्वले विधान संशोधन गरेर २ वर्षे कार्यकाल बनाएको छ। अब श्रेष्ठ महासंघको नेतृत्वमा २ वर्षसम्म रहनेछन्।

सोपछि भने महासंघमा प्रत्यक्ष निर्वाचन हुनेछ। अहिलेसम्म वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ती स्वत महासंघको अध्यक्ष बन्ने प्रावधान थियो। यो प्रावधानमा टेकेर भवानी राणा, शेखर गोल्छा, चन्द्र ढकाल र अन्जन श्रेष्ठ अध्यक्ष बने। अब भने अध्यक्षमा नै प्रत्यक्ष निर्वाचन हुनेछ व्यवस्था गरिएको छ।

यसपटकको निर्वाचनमा ढकाल र श्रेष्ठ समूह समूह नै बनाउँदै निर्वाचनमा होमिएका थिए। जसमा मिश्रीत नतिजा आएको छ।