अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक


काठमाडौंं-संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद् बैठक बोलाएका छन्। बैठक वैशाख २४ बिहीबार साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार, परिषद् सचिवालयले बैठक बोलाएको हो। वैशाख २४ गते बिहीबार बेलुका ५ बजे बैठक बोलाइएको सचिवालयले जनाएको छ। 

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।