अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलको टिप्पणी : भारतमा भएको वामपन्थी हारसँग नेपालको वामपन्थी आन्दोलन जोड्नु गलत

महासचिव पोखरेलको टिप्पणी : भारतमा भएको वामपन्थी हारसँग नेपालको वामपन्थी आन्दोलन जोड्नु गलत



काठमाण्डौ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपंथी हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको विश्लेषण गर्नु गलत भएको टिप्पणी गरेका छन् ।
झभारतको केरला राज्यमा भएको वामपंथको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ ।ञ उनले समाजिक संजालमा भनेका छन्(झजबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ। अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो ।
नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले नभइ त्यसका भविष्यमुखी एजेन्डा, जनता, राष्ट्रको हितका पक्षका गतिविधि र जनतासंगको सम्वन्धका आधारमा निर्धारण हुन भन्दै पोखरेलले अहिलेको हार केवल वामपन्थको मात्र हार होइन नभइ नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार भएको उल्लेख गरेका छन् ।
अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रुपमा रहेका शक्तिहरुले हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्यांकन गर्नु, तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु भएको उनको भनाइ छ ।
संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरुको बाटो भएको भन्दै उनले एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्ने र प्रतिकुलतालाई अनुकुलतामा बदल्ने काम गर्ने बताएका छन् ।