अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदन किराँती आज श्रम संस्कृति पार्टी प्रवेश गर्ने

सुदन किराँती आज श्रम संस्कृति पार्टी प्रवेश गर्ने


काठमाडौं-पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टी (श्रसंपा)मा प्रवेश गर्ने भएका छन् । आज दिउँसो ३ बजे काठमाडौंको बागबजारमा पार्टी प्रवेशको घोषणा कार्यक्रम तय गरिएको छ ।

चैत १२ गते श्रसंपाका अध्यक्ष हर्कराज राई र किराँतीले दुवैपक्षको वार्ता टोली नै गठन गरी एकताको प्रक्रिया अघि बढाएका थिए । जसमा किराँतीलाई वरिष्ठ नेता दिने सहमति भएको थियो । तर, उक्त सहमतिमा राई पछि सरेपछि किराँतीले एकतामा अनिन्छा व्यक्त गरेका थिए । त्यसलगत्तै किराँतीले उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङसँग वार्ता अघि बढाएका थिए ।

हर्क र सुदनलाई मिलाउन कलाकार दयाहाङ राईसहितको टोलीले निरन्तर छलफल गरी सहमति गराएका हुन् । हिजो साँझसम्मको लामो बसाइले किराँतीलाई दोस्रो तहको वरिष्ठ नेता र कोशीको मुख्यमन्त्रीमा सुनिश्चित गर्ने सहमति भएको किराँतीनिकट नेताहरूले जानकारी दिएका छन् ।

‘पूर्वमाओवादी नेता किराँती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका थिए । उनी जनार्दन शर्मासँगै माओवादीबाट निस्किएर प्रगतिशील लोकतान्त्रिक पार्टीमा गएका थिए, तर २१ फागुनको चुनावको नतिजासँगै प्रलोपाको अध्यक्ष परिषद्बाट राजीनामा दिएका थिएका थिए ।