काठमाडौं-नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेशक गोविन्द थापाले नेपालमा पछिल्ला राजनीतिक परिघटनाहरू पूर्वनिर्धारित “स्क्रिप्ट” अनुसार अघि बढाइएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
राजनीतिक विश्लेशक थापाले राजनीतिक वृत्तमा फैलिएको एक विश्लेषणात्मक दाबीअनुसार माघ महिनामा जनकपुरमा भएको एउटा गोप्य बैठकमा आगामी शक्ति-सन्तुलन, संवैधानिक सुनुवाइ र संसद्को भूमिकासम्मका विषयमा प्रारम्भिक सहमति भएको राजनीतिक विश्लेशक थापाले दाबी गरेका छन् ।
नेता थापाले दाबी गरे अनुसार उक्त बैठकमा कंगारु देशका एक उच्च कूटनीतिज्ञसहित नेपालका भावी शक्तिशाली पात्र मानिएका दुई व्यक्तिको समेत सहभागिता रहेको बताइएको छ। नेता थापाले त्यही बैठकमा आगामी राजनीतिक घटनाक्रमको खाका तयार गरिएको र अहिले भइरहेका गतिविधि त्यसकै “सुटिङ” मात्र भएको टिप्पणी गरेका छन् ।
नेता थापाले भन्छन्, ‘कंगारु देशको भूमिका किन ? धेरैलाई अचम्म लाग्ला। नेपालको राजनीतिमा कुनै पनि भूमिका गरेको नदेखिने ती देशका उच्च कूटनीतिज्ञ कसरी खडयन्त्रमा सामेल भए ? यो कुरा बुझ्न बाघ र बिरालो बुझ्नुपर्छ। कसैले बाघ देखेको छैन भने बिरालो देखाइदिए हुन्छ। बिरालो भनेको मिनी बाघ हो। त्यस्तै, विश्वमा कतिपय देशको भूमिका यस्तो हुन्छ, त्यो देशको भूमिका हेरेर ऊ भन्दा ठूलो देशको भूमिका के रहेछ भनी जान्नुपर्छ। शक्तिशाली देशहरु सबैतिर आफै भिड्दैनन्, प्रोक्सी खटाउँछन्। युद्धमा मात्र होइन, नेपाल जस्तो देशमा गरिने चलखेलमा पनि अर्का देशका कूटनीतिज्ञलाई कायममुकायम दिएका हुन्छन्। प्रोक्सी बनाएका हुन्छन्। कंगारु देशका कूटनीतिज्ञ पनि खटाइएका पात्र थिए।’
नेता थापाले नेपालमा देखिएको पछिल्लो संसदीय अभ्यासमाथि पनि प्रश्न उठाइएको छ। उनले संसद्मा नियमित उपस्थित नहुने, प्रश्नोत्तर कार्यक्रममा जवाफ दिन नजाने, सार्वजनिक सम्बोधन कम गर्ने तथा सिंहदरबार-बालुवाटार केन्द्रित गतिविधिमा सीमित रहने शैलीलाई “पहिले नै तयार गरिएको राजनीतिक स्क्रिप्ट” को हिस्सा भएको दाबी गरिएको छ।
‘कंगारु देशको पनि मालिक देश सहितका केही उच्च पात्रहरुले नेपालको संसद् कसरी चलाउने भनेर पहिले नै स्क्रिप्ट लेखेका छन्। मैले पाएको जानकारी अनुसार आफ्नै दुई तिहाईलाई गन्दै नगन्नु, संसद् जाँदै नजानु, संसद् नियमावलीमा व्यवस्था भएको प्रश्नोत्तर कार्यक्रममा समेत जवाफ दिन नजानु, सिंहदरबार र बालुवाटारको घेराबाट बाहिर ननिस्कनु, जनतासँग बोल्दै नबोल्नु, सार्वजनिक सम्बोधन गर्दै नगर्नु भनेर उनीहरुले स्क्रिप्ट थमाएका छन्। अब उहाँले स्क्रिप्ट अनुसारको भूमिका खेल्नुहुनेछ, संसदमा जवाफ दिन जानुहुने छैन’ नेता थापाले भनेका छन् ।
त्यस्तै, शक्ति पृथक्कीकरणको सिद्धान्तअनुसार स्वतन्त्र रहनुपर्ने संवैधानिक निकायहरूमा समेत प्रभाव विस्तार गर्ने प्रयास भइरहेको नेता थापाले आरोप समेत लगाइएको छ। आलोचकहरूले यसलाई लोकतान्त्रिक प्रक्रियामाथिको नियन्त्रणको संकेतका रूपमा व्याख्या गरेका उनले भनेका छन्।
नेता थापाले भनेका छन् ‘यद्यपि, यस्ता दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। सम्बन्धित निकाय वा व्यक्तिहरूले पनि यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। राजनीतिक विश्लेषकहरूका अनुसार नेपालमा विदेशी शक्ति प्रभावबारे समय-समयमा बहस उठ्ने गरे पनि प्रमाणसहित पुष्टि भएका तथ्य भने सीमित मात्र रहेका छन्।’
यसबीच, संसद्प्रति कार्यकारी नेतृत्वको जवाफदेहिताबारे प्रश्न उठिरहेका बेला आगामी दिनमा सरकारको संसदीय उपस्थितिले नयाँ राजनीतिक बहस जन्माउने संकेत देखिएको छ।







प्रतिक्रिया