काठमाडौं-विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचना खारेज गर्ने सरकारको निर्णयविरूद्ध विभिन्न आठ विद्यार्थी संगठनले सर्वोच्चमा रिट हालेका छन्।
एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी लगायत संगठनहरूले अध्यादेशबाट गरिएको स्ववियु खारेजीविरूद्ध शुक्रबार रिट दायर गरेका हुन्।
सरकारलाई विपक्षी बनाएर हालिएको रिट सर्वोच्चमा दर्ता भएको अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष मदन ढकालले जानकारी दिए।
उक्त रिट निवेदनमा विद्यार्थीले राजनीतिक चेतना निर्माण गर्न संगठन चलाउन पाउने हक वञ्चित गरिएको उल्लेख छ । साथै मानव अधिकार कटौतीको विषय रहेको भन्दै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरिएको बताइएको छ।
रिट निवेदकमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) लगायतका विद्यार्थी संगठन छन्।
यसको सुनुवाइका लागि २८ गते पेसी तोकिएको छ।







प्रतिक्रिया