काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल निर्वाचित अधिनायकत्वतर्फ जान सक्ने खतरा रहेको टिप्पणी गरेका छन्। संविधान संशोधनबारे राष्ट्रिय जनमोर्चाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संवैधानिक परिषद्जस्ता संस्थाको निष्पक्षता कमजोर पार्ने प्रयास भइरहेको बताए।
उनले भने, ‘प्रतिकूल संविधान संशोधनलाई रोक्नका निम्ति त्यो एउटा ब्यालेन्सिङ सामर्थ्य पनि हाम्रो खस्किएको अवस्था छ। राष्ट्रिय सभा छ, राष्ट्रिय सभाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ संविधान संशोधनमा। तर, अहिले शक्ति सन्तुलन प्रतिकूल छ।’
न्यायपालिका लगायत राज्यका अङ्गहरू क्रमशः नियन्त्रणमा लैजान खोजिएको जिकिर गरे। संविधान संशोधन समयानुकूल हुन सक्ने स्वीकार गरे पनि अहिलेको राजनीतिक परिवेश र सत्तारुढ दलको लोकतन्त्र तथा गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाए।
उनले थपे, ‘त्यो संरचनाको मेरुदण्ड नै भाँचिने गरी अब प्रधानन्यायाधीश सिफारिस गरिएको छ। न्यायिक सिद्धान्त स्थापित गरेर होइन कि प्रधानमन्त्रीलाई चित्त बुझाएर प्रधानन्यायाधीश बन्ने खालको स्थिति राज्यका अङ्गहरूलाई बिस्तारै बिस्तारै कन्ट्रोल गर्दै जाने खतरा देखिएको छ।’







प्रतिक्रिया