काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ। बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची छ।







प्रतिक्रिया