काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरूबीच एकताको आवश्यकता बढेको बताएका छन् ।
वैशाख २७ गते आइतबार २६ औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन्।
संयोजक प्रचण्डले अन्तर्राष्ट्रिय रूपमा पनि कम्युनिस्ट आन्दोलन ठुलठुला बहस, विभाजन र एकता हुँदै अघि बढेको बताए । ‘अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ’, संयोजक प्रचण्डले भने, ‘सच्चा कम्युनिस्टहरूको बीचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ।’
संयोजक प्रचण्डले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको बताए । उनले गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीति अन्तर्गत भएका खेलहरू अझै सतहमा आइनसकेको बताए।
प्रचण्डले कम्युनिस्टहरूलाई सखाप पार्न देशी विदेशी लागिपरेको दाबी समेत गरे।







प्रतिक्रिया