अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देखि संसद अधिवेशन सुरु : सरकारको नीति तथा कार्यक्रम पनि आजै प्रष्तुत गरिने

आज देखि संसद अधिवेशन सुरु : सरकारको नीति तथा कार्यक्रम पनि आजै प्रष्तुत गरिने


काठमाडौं – संघीय संसद्को दुवै अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २२ गते आजका लागि संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका थिए ।

आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

त्यसअघि दिउँसो २ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाका छुट्टाछुट्टै बैठक बस्नेछ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ मा राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो ।

विगतमा पहिले प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइन्थ्यो । अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याएपछि मात्रै प्रि–बजेट छलफल भएको थियो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल हुनेछ ।