अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज राष्ट्रियसभा बैठकमा ८ वटै अध्यादेश पेश गरिने

आज राष्ट्रियसभा बैठकमा ८ वटै अध्यादेश पेश गरिने


काठमाडौं-राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रपतिबाट जारी ८ वटै अध्यादेश पेश हुने भएको छ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ८ वटै अध्यादेश पेश गर्ने तय गरेको हो।

यसैगरी, दलको नेताहरूले सम्बोधन गर्ने पनि तय भएको छ।

कार्यसूची अनुसार दिउँसो २ बजे बस्ने राष्ट्रियसभा बैठकमा दलीय आधारमा दल नेताहरूले शुभकामना दिने, सरकारले ल्याएका ८ वटा अध्यादेशहरू पेश गर्ने लगायतका विषय टुङ्गो लागेको हो ।