काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई निरन्तर कर्मकाण्डी भन्दै कर्मकाण्डमा केही जलप लगाएर ल्याएको बताएकाे छ।
सदनको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको कार्यक्रमबारे कांग्रेस सांसद अर्जुननरसिंह केसीले कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् ।
‘यसले ठुलो परिवर्तनको दिशा लिने देखिँदैन। गरिनेछ, भनिनेछ जस्ता विषय छन्’, उनले भने, ‘२०८७ मा शुद्ध खानेपानी पहिलाकै कार्यक्रम हो ।’ उनले जनताको बिचमा देखिएको उर्लंदो र उरालिएको आकांक्षा र राष्ट्रिय स्रोत साधनस्रोतलाई कसरी सन्तुलन गर्ने र कस्तो बजेट आउँछ भन्नेमा प्रतीक्षा गर्नुपर्ने बताए ।
‘केही गर्न खोजिएजस्तो पनि छ तर एक्सन हेर्नुपर्छ । कर्मकाण्डभित्र केही जलप लगाएजस्तो भान पार्न खोजिएको छ । कार्यक्रम भन्दा पनि व्यवस्थापन मुख्य हो,’ सांसद केसीले भने । उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री उठेर नहिँडेको भए राम्रो हुने बताए ।







प्रतिक्रिया