काठमाडौं-आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई नेकपा एमालेले शब्दजालको भण्डारको संज्ञा दिएको छ।
सोमबार दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको १०० बुँदे नीति तथा कार्यक्रमप्रति एमाले सांसद गुरु बरालले यस्तो टिप्पणी गरेका हुन् ।
सांसद बरालले नयाँ केही कुरा नआएको प्रतिक्रिया दिए। सांसद बरालले भने, ‘यसको कुनै गन्तव्य छैन, कुनै दिशा लिएको छैन। यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले ल्याएकालाई नै नयाँ भाषामा ढालिएको छ।’
अर्को प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा बाहेक अरु केही नभएको टिप्पणी गरे। ‘नीति तथा कार्यक्रम झुटको पुलिन्दा बाहेक केही होइन। कार्यन्वयन हुन नसक्ने खालको देखिन्छ’, महरले भने ।







प्रतिक्रिया