अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छ एजेन्डा ?

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छ एजेन्डा ?


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। काठमाडाैंकाे वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बस्ने गरी पार्टी सभापति रवि लामिछानेले आह्वान गरेका हुन्। 

पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको चालु बर्खे अधिवेशनलगायत विषयमा छलफल गर्न रास्वपाले बुधबार केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।