काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आज पनि संसद् बैठकमा नबोल्ने भएका छन्।
सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने भन्दै संसद् सचिवालयलले सूचना जारी गरेको थियो।
तर, प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले प्रधानमन्त्रीले आज संसद्मा बोल्ने कुनै कार्यक्रम नरहेको जानकारी दिएकी हुन्।
‘प्रधानमन्त्रीले आज संसद्मा बोल्ने कुनै कार्यक्रम छैन,’ उनले भनिन्, ‘संसद्मा उठेका प्रश्नको जबाफ अर्थमन्त्रीले दिनुहुनेछ।’
बुधबार बिहान ११ बजे बस्ने संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यक्रम छ।
मंगलबार बसेको संसद् बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख थियो।







प्रतिक्रिया