अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री आउनुपर्ने माग गर्दै विपक्षी दलद्वारा संसद बैठक अवरुद्ध

संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री आउनुपर्ने माग गर्दै विपक्षी दलद्वारा संसद बैठक अवरुद्ध


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह संसदमा नआएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका छन् ।

श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको भन्दै राजीनामा मागेका छन् । साम्पाङले संसद बैठक बहिष्कार गरेका छन् ।
सभामुख र विपक्षी दलका सांसदहरूबीच सवालजवाफ चलिरहेको छ ।
सभामुखले समय दिएपछि काँग्रेस सांसद अर्जुननरसिंह् केसी र राप्रपाका ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सदनमा उपस्थित हुनै पर्ने धारणा राखेका छन् ।