अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि प्रधानमन्त्री संसद नआउने :नीति कार्यक्रमका विषयमा अर्थमन्त्रीले जवाफ दिने

आज पनि प्रधानमन्त्री संसद नआउने :नीति कार्यक्रमका विषयमा अर्थमन्त्रीले जवाफ दिने



काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन्।

बालेनको अनुपस्थितिमा आजको संसद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदले उठाएका प्रश्नको जबाफ दिनेगरी संसद् सचिवालयले कार्यसूची तयार पारेको छ। हिजो संसद् सचिवालयले प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जबाफ दिने कार्यसूची सार्वजनिक गरे पनि पछि बालेन संसद्‍मा उपस्थित नै नभएपछि सबै विपक्षी सांसदले त्यसको चर्को विरोध गरेका थिए।

दिनभरि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै बसे पनि प्रधानमन्त्री बालेन नजिकैको संसद् बैठकमा उपस्थित भएनन्। आज पनि उनी संसद् बैठकमा उपस्थित हुन्छन्, हुँदैनन् यकिन छैन।

बुधबार सभामुख डोलप्रसाद अयालले विपक्षी दललाई थामथुम पारेर संसद् बैठक अघि बढाउने पटकपटक प्रयास गरे पनि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन संसद्‍मा उपस्थित हुनै पर्ने अडान लिएपछि संसद् बैठक आज बस्नेगरी स्थगित भएको थियो।

प्रतिनिधिसभाको आजको कार्यसूचीअनुसार संसद् बैठक बिहान ११ बजे बस्दै छ।

आजको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने उल्लेख छ। आज बिहान तय भएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीको दोस्रो नम्बरमा यो विषय राखिएको छ।

‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३र ०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने,’ कार्यसूचीमा भनिएको छ।