काठमाडौँ-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो।
फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा औपचारिक रूपमा पहिलो पटक बस्न लागेको बैठकले नेताहरूको कार्य विभाजन गर्ने मुख्य एजेन्डा रहेको बताइएको छ। त्यसबाहेक नेताहरूको वरीयता निर्धारण र चुनावी समीक्षा पनि बैठकको एजेन्डा बन्न सक्ने नेताहरूको भनाइ छ।

११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन्। एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।
आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समिक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ति पदाधिकारीले जानकारी दिए ।
आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी,उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।




प्रतिक्रिया