काठमाडौँ-नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक विभिन्न नीतिगत तथा अभियानमुखी कार्यलाई प्रभावकारी बनाउन १२ वटा उपसमिति गठन गरेको छ।
प्रतिष्ठानको बैठकले उपसमिति गठन गर्दै संयोजक पनि तोकेको छ । बैठकले सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्यखाका प्रस्तुत गर्न निर्देशन दिएको छ ।
कसले पाए जिम्मेवारी ?
१) भुमि व्यवस्था विशेष अभियान उपसमिति, संयोजन-डा. गोपाल दहित
(सुकुम्वासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानलाई साझा दृष्टिको खोजी)
२) विपद व्यवस्थापन उपसमिति, संयोजन-मानबहादुर थापा
(पूर्व तयारी, उद्धार र पुनर्थापना सहजीकरण अभियान)
३) मानसिक स्वास्थ्य : सचेतना अभियान उपसमिति, संयोजन-मोहना अन्सारी
४) सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति, संयोजन-ई. दिपेश विष्ट
५) निर्वाचन प्रणाली सुधार : अवधारणा, संवाद र समन्वय उपसमिति, संयोजन-जनक चटौत
६) पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति, संयोजन-ई. अमृत ज्ञवाली
(पूँजीगत बजेट खर्च प्रणालीमा सुधार र पुर्वाधार निर्माणको गतिका लागि आवश्यक नीति र योजना तर्जुमामा कांग्रेसको सुझाव)
७) उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति, संयोजन-खगेन्द्र आचार्य
८) शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति, संयोजन-डा. कृष्णप्रसाद पौडेल
९) वीपी ज्ञान केन्द्र उपसमिति, संयोजन-प्रकाश लामिछाने
(आगलागीमा जलेको केन्द्रीय पुस्तकालय पुनर्व्यवस्थापन गरेर वीपी विचार स्कूलका रूपमा विकास गर्ने)
१०) जातीय विभेद विरुद्ध सचेतना अभियान उपसमिति, संयोजन-एलिजा ढकाल
११) डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति, संयोजन-प्रकृति भट्टराई
१२) Green Table उपसमिति, संयोजन-कञ्चन झा




प्रतिक्रिया