काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय केन्द्रीय पदाधिकारीको प्रस्तावित बरियता क्रम प्रस्तुत गरेका छन्। अध्यक्ष ओलीले २०८३ जेठ ४ गते बसेको सचिवालय बैठकमा उक्त प्रस्ताव पेश गरेका हुन्। प्रस्तावित बरियताक्रममाथि जेठ ८ गते शुक्रबार बस्ने सचिवालय बैठकले अन्तिम निर्णय गर्ने जनाइएको छ।
प्रस्तावअनुसार अध्यक्ष ओलीपछिको दोस्रो वरियतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ रहेका छन्। त्यसपछि क्रमशः उपाध्यक्षहरू पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तको नाम प्रस्ताव गरिएको छ।
महासचिवमा शङ्कर पोखरेल यथावत् प्रस्ताव भएका छन् भने उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई रहेका छन्।
त्यसैगरी सचिवहरूमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत प्रस्तावित भएका छन्।
प्रस्तावित सूचीअनुसार सचिव महेश बस्नेत पदाधिकारीहरूको बरियताक्रममा अन्तिम स्थानमा रहेका छन्। एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिका दृष्टिले यो बरियताक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यस्तो छ प्रस्ताव
अध्यक्ष–केपी शर्मा ओली
उपाध्यक्ष– रामबहादुर थापा ‘बादल’
उपाध्यक्ष– पृथ्वीसुब्बा गुरूङ
उपाध्यक्ष– गोकर्ण विष्ट
उपाध्यक्ष– रघुजी पन्त
महासचिव– शङ्कर पोखरेल
उपमहासचिव– लेखराज भट्ट
उपमहासचिव– रघुवीर महासेठ
उपमहासचिव– योगेश भट्टराई
सचिव– छविलाल विश्वकर्मा
सचिव– पद्मा अर्याल
सचिव– खगराज अधिकारी
सचिव– भानुभक्त ढकाल
सचिव– यामलाल कँडेल
सचिव– शेरधन राई
सचिव– राजन भट्टराई
सचिव– हिक्मत कार्की
सचिव– महेश बस्नेत




प्रतिक्रिया