काठमाडौँ-नेकपा एमालेले गत फागुन २१ मा भएको संसदीय निर्वाचनको एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई दिने भएको छ।
देशभरबाट आएका निर्वाचनसम्बन्धी रिपोर्टका आधारमा एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्ष बादललाई दिने अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव छ।
यद्यपि उक्त प्रस्ताव अनुमोदन २०८३ जेठ ८ गते शुक्रबारको बैठकले गर्ने छ। उपाध्यक्ष बादल संयोजकत्वको समितिमा उपाध्यक्ष पृथ्वी सुव्वा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा,भानुभक्त ढकाल, नेता प्रदीप ज्ञवाली र आठै प्रदेशका इन्चार्जहरू सदस्य तोकिएका छन्।






प्रतिक्रिया