काठमाडौं-नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा चलिरहेको छ। २०८३ जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज सचिवालय बैठकले अन्तिम रूप दिने जनाएको छ।
अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ।
११ औँ महाधिवेशनपश्चात यसअघि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो । आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर एमालेले यसपटक नेताहरूलाई नयाँ ढङ्गले जिम्मेवारी सुम्पिन लागेको हो।











प्रतिक्रिया