अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो

कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका दुई जना वडाध्यक्ष पदमुक्त भएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित भएका गुल्मी मुसिकोट नगरपालिका २ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका वडा नम्भर ३ का वडा अध्यक्ष पद्मबहादुर विष्ट पदमुक्त भएका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका रविन्द्र केसी र पद्मबहादुर विष्टको पद खोसिएको हो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली २०८४ को नियम २२ बमोजिम कांग्रेसले दुई वडाध्यक्षले दल त्याग गरेको जानकारीसहित आयोगसमक्ष पदमुक्तको लागि सिफारिस गरेको थियो ।

स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेको खण्डमा सम्बन्धित व्यक्ति निर्वाचित भएको पद रिक्त हुने प्रावधान छ।