अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउन चिकित्सक संघको माग

स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउन चिकित्सक संघको माग


काठमाडौँ-नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो।

संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै बस्ने वातावरण बनाएर  नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ। 

संघले बजेटको प्रचलित नियममा संशोधन आवश्यक रहेको जनाउँदै ६ बुँदे प्रस्ताव समेत अघि सारेको छ।