अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध तरुण दलको माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध तरुण दलको माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्मा दिएको विवादित अभिव्यक्तिको विरोधमा नेपाल तरुण दलले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले सोमबार माइतीघरमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्ति फिर्ता लिन माग गरेको हो।

प्रधानमन्त्री शाहले २०८३ जेठ १७ गते आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा नेपालले पनि भारतको केही सीमा मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति विभिन्न राजनीतिक दल, नेता तथा सर्वसाधारणबाट आलोचना भइरहेको छ।

तरुण दलले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र देशको आधिकारिक अडानमाथि प्रश्न उठाएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ। प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिनुपर्ने र सार्वजनिक रूपमा स्पष्टिकरण दिनुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चर्किएको छ। विभिन्न दल तथा नेताहरूले अभिव्यक्ति फिर्ता लिनुपर्ने, माफी माग्नुपर्ने र केहीले राजीनामासमेत दिनुपर्ने माग उठाएका छन्।