अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा महाधिवेशन: डा. तोसिमा कार्कीको संयोजनमा तीन स्थानमा हेल्थ डेस्क सञ्चालन

रास्वपा महाधिवेशन: डा. तोसिमा कार्कीको संयोजनमा तीन स्थानमा हेल्थ डेस्क सञ्चालन


चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै स्वास्थ्य सेवा व्यवस्थापनका लागि तीन स्थानमा हेल्थ डेस्क सञ्चालन गरिएको छ।

रास्वपाकी नेतृ तथा प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीको संयोजनमा महाधिवेशन स्थल आसपासका तीन स्थानमा हेल्थ डेस्क स्थापना गरिएको हो।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक तथा सहभागीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा आकस्मिक सेवाका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ।

हेल्थ डेस्कमा स्वास्थ्यकर्मी, चिकित्सक तथा स्वयंसेवकहरूको टोली खटाइएको छ। सहभागीहरूलाई सामान्य स्वास्थ्य समस्या, आकस्मिक उपचार तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको संयोजक कार्कीले बताइन्।

महाधिवेशनमा हजारौं प्रतिनिधि तथा कार्यकर्ता सहभागी हुने भएकाले सम्भावित स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवाको विशेष व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी रहेको छ, जहाँ पार्टीको भावी नेतृत्व चयन तथा संगठनात्मक विषयमा व्यापक छलफल भइरहेको छ।

Top of Form

Bottom of Form

Skip This