अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपालाई प्रदीप ज्ञवालीको सुझाव: गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला

रास्वपालाई प्रदीप ज्ञवालीको सुझाव: गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला


चितवन- नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा उपयोग गर्न सुझाव दिएका छन्।

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले छोटो समयमै ठूलो जनमत हासिल गरेको दलले अब त्यसलाई व्यवस्थित, संस्थागत र दीर्घकालीन दिशामा लैजानुपर्ने बताए।

नेता ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गर्दै ‘एक्सिलेटर मात्र होइन, ब्रेक पनि आवश्यक हुन्छ’ भन्ने टिप्पणी गरे।

नेता ज्ञवालीले भने, ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक प्रयोग गरिएन भने दुर्घटना हुन सक्छ। रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गरोस्।’

कार्यक्रममा उनले नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी ले हासिल गरेको उपलब्धिलाई सकारात्मक रूपमा लिनुपर्ने भए पनि त्यसलाई संगठनात्मक मजबुती र जिम्मेवार राजनीतिक अभ्याससँग जोड्नुपर्नेमा जोड दिए ।

Skip This