काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेकाे छ।
विशेष अदालतमा म्याद थपको बहसका क्रममा विभागले २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो।
पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो।
उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई सड्क मार्गबाट आज बिहान काठमाडौँ ल्याइएको हो ।






प्रतिक्रिया