अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पौडेलका तर्फबाट बहस गर्दै रमेश बडालको भने– शक्तिको दुरुपयोग भएको भन्दै रिहाइको माग

पौडेलका तर्फबाट बहस गर्दै रमेश बडालको भने– शक्तिको दुरुपयोग भएको भन्दै रिहाइको माग


काठमाडौँ-पूर्वमहान्याधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल विरुद्ध जारी गरिएको जरुरी पक्राउ पुर्जी गलत हिसाबले प्रयोग गरिएको दाबी गरेका छन्।

उपाध्यक्ष पौडेलको पक्षबाट विशेष अदालतमा बहस गर्दै बडालले शक्तिको दुरुपयोग गरी उनलाई नियन्त्रणमा लिइएको आरोपसमेत लगाए। उनले पक्राउ प्रक्रिया कानुनी आधारभन्दा बाहिर गएर गरिएको भन्दै त्यसप्रति आपत्ति जनाए।

बहसका क्रममा बडालले पौडेललाई परिवार तथा कानुनी प्रतिनिधिको जिम्मा लगाएर तत्काल रिहा गर्नुपर्ने मागसमेत गरेका थिए।

त्यसैबीच, प्रहरीले सुर्खेतमा नियन्त्रणमा लिने क्रममा पौडेलका चेक, ल्यापटप र अन्य इलेक्ट्रोनिक डिभाइसहरू नियन्त्रणमा लिएको दाबी गरेको छ। घटनाबारे थप कानुनी प्रक्रिया अघि बढिरहेको बताइएको छ।

Skip This