अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरको नीति तथा कार्यक्रम: बसाँइसरुवाको रैथाने ज्ञान प्रयोग गर्न ‘नलेज बैङ्क’ स्थापना गरिने

वीरेन्द्रनगरको नीति तथा कार्यक्रम: बसाँइसरुवाको रैथाने ज्ञान प्रयोग गर्न ‘नलेज बैङ्क’ स्थापना गरिने


सुर्खेत-वीरेन्द्रनगर नगरपालिकाले यस कार्यकालको अन्तिम तथा पाँचौं नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज नगरपालिकाले आयोजना गरेको १९ औं नगरसभाको बैठकमा नगर प्रमुख मोहनमाया ढकालले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख ढकालले बसाँइसरुवाको रैथाने ज्ञानलाई नगरको विकासमा उपयोग गर्न नलेज बैंक स्थापना गरिने घोषणा गरेकी छिन्। कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाबाट अत्याधिक भइरहेको आन्तरिक बसाँइसराइलाई मध्यनजगर गर्दै नगरपालिकाले नलेज बैंक स्थापना गर्न लागेको जनाइएको छ। ढकालले प्रष्तुत गरेको नीति तथा कार्यक्रमको प्रारम्भिक खण्डमा नै बसाँइसराइ र यसको प्रभावका विषयमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशको राजधानी घोषणा भएसँगै वीरेन्द्रनगरमा बसाँइआउनेहरुको भिड लागेको जनाइएको छ।

‘कर्णाली प्रदेशको राजधानी भएसँगै प्रदेशको राजधानी शहरमा पाइने सेवा सुविधाको खोजीमा कर्णालीबाट मात्र नभइ कर्णाली बाहिरबाट पनि यस नगरपालिकामा उच्च आन्तरिक बसाँइसराइ व्यवस्थित गर्नुपर्ने हुन्छ,’ ढकालले बाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ ‘सम्भावनाको खोजी गर्दै बसाँइसरेर आएकाहरुलाई स्वागत गर्दै उनीह्रुको रैथाने सीप र क्षमतालाई नगरको विकासमा प्रयोग गर्न नलेज बैंक स्थापना गरिनेछ।’

Skip This