सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य नगरवासीका लागि ‘१० हजार पाइला’ कार्यक्रम ल्याएको छ । नगर प्रमुख मोहनमाया ढकालले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रष्तुत गर्दै यस्तो कार्यक्रम घोषणा गरेकी हुन् ।
स्वास्थ्य सहरका लागि १० हजार पाइला कार्यक्रम ल्याइएको उनले जनाएकी छिन् । कार्यक्रम कस्तो प्रकारको हुन्छ भनेर नीति तथा कार्यक्रममा खुलाइएको छैन । ‘वीरेन्द्रनगरलाई स्वास्थ्य सहरको रुपमा अघि बढाउने कार्यलाई अगाडी बढाइनुका साथै १० हजार पाइला कार्यक्रमको सुरुवात गरिनेछ ’ ढकालले प्रष्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।
यसैगरी गर्भवतीको स्वास्थ्य सुधारका लागि आमा एप पनि सञ्चालन गरिने जनाइएको छ । नगरपालिका भित्र बसोबा गर्ने थारु समुदायमा रहेको सिकलेस एनिमिया रोगको परिक्षण तथा उपचारका लागि प्रदेशश अस्पतालसँग समन्वय गरिने ढकालले घोषणा गरेकी छिन् ।
ढकालले प्रष्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिकालाई शैक्षिक केन्द्र बनाइने उल्लेख छ । यसका लागि शिक्षण प्रविधिमा कृतिम बौद्धिकता (एआई)को प्रयोग गरिने,शिक्षक विद्यार्थी अनुपातमा शिक्षकको दरवन्दी मिलानलाई निरन्तरता दिने उल्लेख गरिएको छ । नगरको शैक्षिक उन्नयनका लागि आगामी वर्षलाई शिक्षण सुधार वर्षको रुपमा घोषणा समेत गरिएको छ ।






प्रतिक्रिया