अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा महाधिवेशनः प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा महाधिवेशनः प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?


चितवन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रकाशित गरेको सूचीमा ३८४ जनाको नाम रहेको छ। 

रास्वपाको संशोधित विधान अनुसार, १५८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ। जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्नेछन्।

त्यस्तै, ७ जना प्रदेश सभापतिहरू पदेन सदस्य हुने भएकाले स्वत: केन्द्रीय सदस्य रहनेछन्।

रास्वपाको महाधिवेशन चिवतनमा जारी छ। आज (बुधबार) बाट मतदान हुने भनिए पनि अझै प्रतिनिधिको संख्यामा समस्या देखिएकाले मतदान सुरु हुन सकेको छैन। 

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ।

Skip This