अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेमा २ अंकको गिरावट, कारोबार रकम ३ अर्ब बढी

नेप्सेमा २ अंकको गिरावट, कारोबार रकम ३ अर्ब बढी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ अंकले घटेर २६ सय ४९ दशमलव ५१ को बिन्दुमा कायम भएको छ। त्यस्तै, आज कारोबारमा आएका ३५९ कम्पनीको ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यससँगै ७७ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, ट्रक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन्।

आज कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले १०.७६ प्रतिशतका दरले गुमाएका हुन्। सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका छन्।

Skip This