अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोकिएको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

रोकिएको पारिश्रमिक दिन कोशी सरकारको निर्णय


विराटनगर-कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक नियमित गर्ने निर्णय गरेको हो। जेनजी आन्दोलनपछि कोशी प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो।

त्यस्तै आजको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा बराह क्षेत्र नगरपालिका २ सुनसरीका अनिल थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी आजकै बैठकले प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश २०८३लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गरेको छ।

Skip This