अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी


काठमाडौँ-स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ। बीमा बोर्डको अध्यक्षका लागि सुवास पोखरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमन चन्द्र गुरुङ र महेश सुवेदीको उम्मेदवारी परेको हो।

यसअघि स्वास्थ्य बीमा बोर्डको अध्यक्ष चन्द्रबहादुर थापा थिए । हाल बोर्ड अध्यक्ष विहीन छ । बोर्डको कार्यकारी निर्देशकमा सकुन्तला प्रजापति छन् । सरकारले ल्याएको अध्यादेशसँगै बोर्ड पदाधिकारी विहीन भएको थियो ।

यस्तै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा १२ जनाको उम्मेदवारी परेको छ । कार्यकारी निर्देशकमा राधेश्याम गिरी, होमनाथ गैरे, रोशनकुमार महतो, सुमनचन्द्र गुरुङ, मुक्तिनाथ खनाल, शक्ति बस्नेत, गंगाप्रसाद जोशी, राजेन्द्र कुमार पोख्रेल, विमला भट्ट, पारस अधिकारी, प्रमोदकुमार यादव र दीपेन्द्रकुमार यादवको उम्मेदवारी परेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

Skip This