काठमाडौं-नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा १६ जना र रजिस्ट्रारमा ८ जनाको उम्मेदवारी परेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मंगलबार जारी गरेकाे सूचना अनुसार नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा विवेक आचार्य, पंकज कुमार चौधरी, रामपरिक्षण यादव, कृष्णप्रसाद अधिकारी, विश्वास प्रधान, दीपक कुमार दत्त, गौरी शंकर शाह, निलमणी उपाध्यायको उम्मेदवारी परेको छ।
यस्तै, प्रहलाद कार्की, नारायण विक्रम थापा, कृष्ण कुमार राई, लक्ष्मी नारायण सिंह, ढुण्डीराज पौडेल, सभाना प्रधान, हरिश चन्द्र उप्रेती र प्रमोद कुमार यादवको अध्यक्षमा उम्मेदवारी परेको मन्त्रालयले जनाएको छ।
यस्तै मेडिकल काउन्सिलको रजिस्ट्रारमा प्रविणकुमार गिरी, रविन्द्र बास्कोटा, प्रमोदकुमार कोइराला, हुलाश अग्रवाल, सुप्रभात श्रेष्ठ, सुरजकुमार गुप्ता, खिलाशा पोखरेल र रञ्जीतकुमार झाले आवेदन दिएका छन्।






प्रतिक्रिया