अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आइएमई बैंकको नयाँ सुरक्षा सुविधा: एपबाटै सेकेन्डमै खाता ब्लक गर्न सकिने

ग्लोबल आइएमई बैंकको नयाँ सुरक्षा सुविधा: एपबाटै सेकेन्डमै खाता ब्लक गर्न सकिने


काठमाडौँ– ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) तथा अनधिकृत कारोबारबाट ग्राहकको निक्षेप सुरक्षित राख्न ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ एपमार्फत तत्काल खाता ब्लक गर्न सकिने नयाँ सुविधा सञ्चालनमा ल्याएको छ।

बैंकले सार्वजनिक गरेको जानकारीअनुसार ग्राहकले कुनै पनि सम्भावित वित्तीय ठगी, फिसिङ, स्क्याम वा खाता ह्याक भएको आशंका लागेमा केही सेकेन्डमै आफ्नो खाता रोक्का गर्न सक्ने व्यवस्था गरिएको हो।

बैंकका अनुसार ग्राहकहरूलाई कुनै पनि सम्भावित वित्तीय ठगी, अनधिकृत पहुँच वा खाता ह्याक भएको शङ्का लागेमा बैंकको ‘ग्लोबल कनेक्ट’ को आधिकारिक नम्बर ०१-५९७०६०० (वा अन्तर्राष्ट्रिय कलका लागि +९७७-१-५९७०६००) मा फोन गरेर मौखिक रूपमै खाता ब्लक गराउन सक्ने छन्।

यसका साथै, मोबाइल एप प्रयोग गर्ने ग्राहकहरूका लागि यो सेवा झनै सहज र द्रुत बनाइएको छ। ‘ग्लोबल स्मार्ट प्लस’ (Global Smart Plus) एप प्रयोगकर्ताले एपमा लगइन नगरी नै खाता रोक्का गर्न सक्ने छन्। एप खोल्नासाथ माथिल्लो दायाँ कुनामा रहेको ‘कल साइन’मा क्लिक गरी ‘मिसकल बैंकिङ’ अन्तर्गतको ‘अकाउन्ट ब्लक बाई मिसकल’ विकल्प छनोट गरेपछि खाता तत्काल ब्लक हुने बैंकले जनाएको छ।

यस प्रविधिको मुख्य विशेषता भनेको ग्राहकले एपभित्र पासवर्ड वा जैविक पहिचान (Biometrics) हानेर लगइन (Login) गरिरहनु पर्दैन। एप खोल्नासाथ माथिल्लो दायाँ कुनामा देखिने ‘कल साइन’ (Call Sign) मा क्लिक गरी ‘मिसकल बैंकिङ’ (Missed Call Banking) भित्र रहेको ‘अकाउन्ट ब्लक बाई मिसकल’ (Account Block by Missed Call) विकल्प छनोट गर्नासाथ बैंक खाता तत्कालका लागि पूर्ण रूपमा रोक्का हुनेछ।

ग्लोबल आइएमई बैंकको यो अत्याधुनिक एवं द्रुत सेवाका कारण फिसिङ र स्क्याम जस्ता अनलाइन बैंकिङ अपराधहरूमा तत्कालका लागि ब्रेक लाग्ने र सर्वसाधारणको निक्षेप सुरक्षित राख्न ठूलो मद्दत पुग्ने बैंकिङ क्षेत्रका विज्ञहरूको विश्लेषण छ।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सम्पूर्ण वाणिज्य बैंकहरूलाई ग्राहक वा खातावालाको मौखिक वा अनलाइन अनुरोधका आधारमा तुरुन्त खाता रोक्का गर्ने व्यवस्था मिलाउन नयाँ निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकको यस निर्देशनले समग्र बैंकिङ क्षेत्रमा ग्राहक सुरक्षालाई थप सुदृढ बनाउने र ग्लोबल आइएमई बैंक जस्ता अग्रणी संस्थाहरूको सुरक्षित प्रविधिले यस कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

उत्कृष्ट सेवा प्रवाहकै कारण ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भइसकेको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ (२०२२, २०२४ र २०२५), ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेष्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित विश्वस्तरीय अवार्डहरु प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई परिष्कृत बैिटीज सेवा प्रदान गर्दै आइरहेको छ।

यसका साथै, बैंकले नेपाली नागरिकहरूलाई आन्तरिक बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायत विश्वका विभिन्न देशहरूबाट सुरक्षित रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Skip This