अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिकित्सक र स्वास्थ्यकर्मी माथी राज्यले दमन गरेको भन्दै देशभरका अस्पतालमा आज ओपिडी सेवा बन्द हुने

चिकित्सक र स्वास्थ्यकर्मी माथी राज्यले दमन गरेको भन्दै देशभरका अस्पतालमा आज ओपिडी सेवा बन्द हुने


काठमाडौं- नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। योसँगै आज अस्पतालमा ओपिडी सेवा पनि बन्द हुनेछ। साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो।

आक्रमणबाट डा। प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूमाथि समेत सांघातिक आक्रमण गर्नेमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कारबाही गर्न माग गरेको छ।

उक्त माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रमुख एवं एसपी सुदिपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कारयकारिणी समितिका सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकहरूमाथि गालीगलौज गरी दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ। संघले यस घटनाको भत्सर्ना गरेको छ।

यसरी चिकित्सकहरूको मानमर्दन गरेको भन्दै एसपी र सिडिओलाई समेत कारबाहीको माग संघले गरेको छ।

Skip This