काठमाडौं-सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये छनोट प्रक्रियापछि सरकारले आलमलाई अध्यक्षमा नियुक्त गरेको हो।
शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न निर्देशन दिइन्। उनले औषधि सेवा, फार्मेसी शिक्षा, पेसागत नियमन तथा जनविश्वास अभिवृद्धिमा परिषद्ले अझ सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
सरकारले परिषद्को संस्थागत क्षमता सुदृढ गर्दै फार्मेसी क्षेत्रको नियमन र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षासहित नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको जनाएको छ।


प्रतिक्रिया