काठमाडौँ- भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ (अगस्ट १६) गते नेपाल भ्रमणमा आउने भएका छन्।
नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी साउन ३१ गते काठमाडौँ आइपुग्ने भएका हुन्।
२०८३ असार १५ (जुन ३०) मा भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।
भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।
नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरतास्वरूप नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ ।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।


प्रतिक्रिया