अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति

नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति

उपाध्यक्षमा विमलाकुमारी साह


काठमाडौं-सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापतिलाई नियुक्त गरेको छ।

प्रजापतिले यसअघि नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिस्ट्रारका रूपमा कार्यसम्पादन गरिसकेकी छन्। सरकारले काउन्सिलको उपाध्यक्षमा विमलाकुमारी साह तथा रजिस्ट्रारमा पार्वती विष्टलाई पनि नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनीहरूलाई शपथ गराएकी हुन्।

शपथ ग्रहणसँगै उनीहरूले बिहीबारदेखि नै नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी सम्हालेका छन्।

सरकारको यस नियुक्तिसँगै नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ। नयाँ नेतृत्वबाट नर्सिङ शिक्षा, दर्ता, नियमन तथा व्यावसायिक गुणस्तर अभिवृद्धिका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।